नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक आज, कार्यविभाजन मुख्य एजेन्डा


काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बस्ने भएको छ। बैठकमा नेताहरुको कार्यविभाजनलाई मुख्य एजेन्डा बनाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन्।

११औँ महाधिवेशनपछि नेताहरुको जिम्मेवारी बाँडफाँट हुन बाँकी रहेकाले आजको बैठक त्यसैमा केन्द्रित रहने बताइएको छ। केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर स्थानीय तह निर्वाचनका लागि पार्टी संगठन बलियो बनाउने तयारी पनि गरिएको छ। साथै, केन्द्रीय विभाग तथा निकायमा समेत जिम्मेवारी बाँडफाँट गरिने जनाइएको छ।

बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने सम्भावना रहेको छ।

२०८३ जेष्ठ ४, सोमबार ०८:४८ प्रकाशित
ट्रेन्डिङ समाचार