मदन–आश्रितको ३३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ ।   नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

बल्खुस्थित मदननगरमा स्मृतिसभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठी आयोजना गरिएको छ । साथै विभिन्न स्थानमा विचारगोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम सञ्चालन गरिँदैछन् ।

नेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

२०८३ जेष्ठ ३, आईतवार ०७:५८ प्रकाशित
ट्रेन्डिङ समाचार