आज बस्दै एमाले सचिवालय बैठक, चुनावी समीक्षा हुने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने भएको छ। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ।

निर्वाचनमा पार्टीले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेपछि अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले गुण्डु पुगेर ओलीसँग छलफल गरेका थिए।

२०८३ जेष्ठ २, शनिबार १०:४७ प्रकाशित
ट्रेन्डिङ समाचार