आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा सरकारको तर्फबाट जवाफ दिने कार्यक्रम तय भएको छ ।
यसअघि संसद सचिवालयले प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची सार्वजनिक गरेको थियो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत तथा पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।