काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
आजको बैठकमा सांसदहरूले दिएका संशोधनहरू प्रस्तुत गरी छलफल हुनेछ भने उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनेछन्।
यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए।
२०८३ बैशाख ३०, बुधबार १०:२६ प्रकाशित


