राष्ट्रियसभाको बैठक आज, सरकारको नीति तथा कार्यक्रममाथि छलफल


काठमाडौँ ।

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज मध्याह्न सवा १२ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३–८४ का लागि सरकारद्वारा सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रस्ताव पेश गर्ने कार्यसूचीमा रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन’ पेस गर्ने कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ।

२०८३ बैशाख ३०, बुधबार ०९:०१ प्रकाशित
ट्रेन्डिङ समाचार