राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका सचिव हर्कराज राई लाई पदबाट हटाउनुभएको छ। सभामुख डोल प्रसाद अर्याल को वैशाख २८ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य द्वारा जारी विज्ञप्तिअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६(९) बमोजिम राईलाई पदमुक्त गरिएको हो।