काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाउनुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले गरिब सुकुम्बासीमाथि डोजर चलाएर विकास नहुने बताउनुभयो। अवैध संरचना हटाउनु उचित भए पनि मानवीय संवेदनालाई बेवास्ता गरेर गरिएको कदम गलत भएको उहाँको भनाइ थियो।
नेता शाहीले सरकारले सुकुम्बासी बस्तीभन्दा “हुकुमवासी मानसिकता”माथि प्रहार गर्नुपर्ने उल्लेख गर्दै सत्ता र शक्तिको आडमा भएका गलत गतिविधिमा सरकार मौन रहेको आरोप समेत लगाउनुभयो।
साथै, सुकुम्बासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गर्नुपरेको घटनाप्रति सरकार जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो।
२०८३ बैशाख २९, मंगलवार १८:३९ प्रकाशित



