काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटमा परेको भन्दै सबै वामपन्थी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जुट्न आह्वान गरेका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा सहकार्य गरेका केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत नेताहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकताको अभियानमा सहभागी हुन अपिल गरेका हुन्।
उनले विगतमा कम्युनिस्ट एकताबाट प्राप्त जनमतलाई सुशासन र समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै त्यसलाई जोगाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।
विगतका एकता प्रयास असफल भए पनि त्यसबाट पाठ सिक्दै देश र जनताको हितका लागि पुनः एकता तथा ध्रुवीकरणको पहल सुरु गरिएको प्रचण्डको भनाइ थियो।
सम्बन्धित खबर




प्रतिक्रिया