ADVERTISEMENT

२०८३ को भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्षको यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ । जसअनुसार कात्तिक २० गते धनतेरस र यमदीपदान, २१ गते काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यस्तै, कात्तिक २२ गते कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा, २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार