काठमाडौ । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ ।
मंगलबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट रामबहादुर विक र रेशम राना पक्राउ परेका हुन् ।
कर्णाली प्रदेश प्रहरीका अनुसार चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जिप जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय राना रहेका छन् । दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये अब दुई जना पक्राउ परेका छन् ।
सम्बन्धित खबर




प्रतिक्रिया