काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ। दिनभर दबाबमा रहेको नेप्से परिसूचक अन्तिम समयमा सम्हालिँदै ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ७ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।
यस दिन ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन्। कुल ५७ हजार ४४ पटकको कारोबार भएको हो।
मंगलबार शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ५.९४ प्रतिशत बढ्दा बेनी हाइड्रोपावर प्रोजेक्टको मूल्य सबैभन्दा धेरै ५.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.०७ प्रतिशत बढेको छ।




प्रतिक्रिया