ADVERTISEMENT

युक्रेनी गाउँमा रुसी हवाई आक्रमण, २६ जनाको मृत्यु

काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रस्थित कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

 आक्रमणपछि २७ जना बेपत्ता भएका छन्। रुसी सेनाले राहत सामग्री वितरण केन्द्रलाई समेत निशाना बनाएको बताइएको छ।

क्षेत्रीय प्रमुख मायखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौवटा हवाई बम खसालिएका थिए। प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘अत्यन्त भयावह’ भन्दै आक्रमणको निन्दा गरेका छन्। घटनाबारे रुसी सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार