ADVERTISEMENT

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७४ रन बनाएको हो।

 

विराटनगरका लागि इम्रान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन बनाए। लोकेश र इम्रानले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरे।

 

जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए। अब जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार