काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुगेका छन्।
भारतले नवीन श्रीवास्तवको स्थानमा दलेलालाई नयाँ राजदूतका रूपमा नियुक्त गरेको हो। नेपाल सरकारले उनको नाममा सहमति (एग्रिमो) दिएपछि भारतले नियुक्ति प्रक्रिया अघि बढाएको थियो।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले इजरायलबाट कूटनीतिक यात्रा सुरु गरेका थिए। उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा काम गरिसकेका छन्।
उनले भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नयाँ राजदूत नेपाल पठाएको हो।
सम्बन्धित खबर




प्रतिक्रिया