काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । जनकपुरका सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
विराटनगरका लागि आन्द्रे रसेलले ब्याटिङमा अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिए । इमरान शेखले ५६ र लोकेश बमले ५० रन बनाउँदै अर्धशतक पूरा गरे ।
जितसँगै विराटनगरले लगातार दोस्रो जित निकाल्दै ४ खेलबाट ४ अंक जोडेको छ । जनकपुरको पनि ४ खेलबाट ४ अंक रहेको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया