ADVERTISEMENT

विवादित न्यायाधीशबारे छानबिन गर्न कानुन समितिको बैठक आह्वान

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र विवादास्पद बिचौलिया इनम सापकोटाबीचको सम्बन्धबारे छलफल गर्न कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ ।

आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा सार्वजनिक भएका संवाद, भेटघाट तथा कारोबारका विवरणबारे छलफल हुने सांसद मधुकुमार चौलागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार सार्वजनिक भएका विषयको विस्तृत अध्ययन गरेपछि मात्रै थप प्रक्रिया अघि बढाइनेछ । तत्काल महाअभियोग सिफारिस समिति गठन गर्ने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारे ।

सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँगको संवाद तथा कारोबारका विवरण सार्वजनिक भएपछि न्यायालयमाथि प्रश्न उठिरहेको छ । यस विषयमा सात जना न्यायाधीशले सामूहिक भेट गरेको विवरणसमेत बाहिरिएको छ ।

चौलागाईंले अनुसन्धानको घेरामा रहेको विषय कसरी सार्वजनिक भयो भन्नेबारे पनि गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार