ADVERTISEMENT

सिरहामा नक्कली नोटसहित दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सिरहामा नक्कली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।

उनीहरूको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान नक्कली नोटजस्तो देखिने रकम फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार