काठमाडौं । काभ्रेको रोशी र पनौती खोला तथा ललितपुरको बागमती र कोड्कु खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ११ बजेर ५० मिनेटमा यी खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो।
नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया