ADVERTISEMENT

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन, ७० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौ ।फ्रान्समा लगातार तेस्रो सातासमेत प्रदर्शन हुने भएपछि सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ। हेलोविन पर्वसमेत परेकाले हिंसा भड्किन सक्ने आशङ्कामा विभिन्न सहरका पसल तथा व्यावसायिक प्रतिष्ठानका अगाडिका भाग काठका फल्याकले छोपिएका छन्।

 

अक्टोबर १७ मा भएको हिंसा पुनः नदोहोरियोस् भन्ने उद्देश्यले शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। राजधानी पेरिसका ४० भन्दा बढी मेट्रो स्टेसन बन्द रहनेछन् भने ट्राम सेवा पनि प्रभावित हुनेछन्।

 

बढ्दो महँगी, सामाजिक असमानता, कमजोर शैक्षिक अवस्था र नागरिक स्वतन्त्रताको माग गर्दै सुरु भएको प्रदर्शनमा ‘येलो भेस्ट’ आन्दोलनका कार्यकर्ता, ट्रेड युनियन तथा विद्यार्थी सहभागी छन्। प्रहरीको कडा कारबाहीका क्रममा प्रदर्शनकारी घाइते भएपछि आन्दोलन थप चर्किएको हो।

 

हेलोविनका क्रममा मास्क तथा नकाब लगाएर प्रदर्शनमा सहभागी हुन सक्ने भएकाले हिंसा नियन्त्रणमा चुनौती थपिने अधिकारीहरूको आशङ्का छ। सरकारले सार्वजनिक अशान्तिको जोखिम उच्च रहेको भन्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।

 

फ्रान्समा आगामी राष्ट्रपतीय निर्वाचन आउन छ महिना मात्र बाँकी रहँदा जारी प्रदर्शनले राजनीतिक वातावरणसमेत तनावपूर्ण बनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार