ADVERTISEMENT

जनकपुर–अयोध्या रेल सेवा उद्घाटनको तयारी, दुई देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने

जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे, भन्सार तथा सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ ।

विशेष रेल सेवा सञ्चालनमा आएपछि सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्याबीच प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थयात्रीको आवागमन सहज हुनुका साथै दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ ।

नेपाल र भारतका अधिकारीले हालै जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरिसकेका छन् । रेल सेवा सञ्चालनका लागि सुरक्षा व्यवस्थापन तथा अन्य प्राविधिक तयारी अघि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार