प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई बिहीबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो। रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको थियो।
प्रहरीले उनीहरूलाई हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाएको जनाएको छ। यद्यपि, नियन्त्रणमा लिनुको औपचारिक कारण र उनीहरूमाथि लागेको आरोप सार्वजनिक भएको छैन।
आयोजनाको पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको थियो। नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सम्पन्न भइसकेको र तीन कम्पनीलाई योग्य ठहर गर्दै आगामी १६ कात्तिकमा आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो।
तर, आर्थिक प्रस्ताव खोल्ने तयारीकै बेला आयोजनाका दुई जिम्मेवार अधिकारी नियन्त्रणमा परेपछि नयाँ ठेक्का प्रक्रिया प्रभावित हुने देखिएको छ।
राष्ट्रिय गौरवको यस आयोजनाबाट मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। हाल आयोजनाको समग्र भौतिक प्रगति करिब ३५ प्रतिशत रहेको छ।




प्रतिक्रिया