काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारले राजनीतिक नियुक्तिमुक्त सरकारी संयन्त्र बनाउने भन्दै डेढ हजारभन्दा बढी पदाधिकारीलाई पदमुक्त गरे पनि नयाँ नियुक्तिहरू विवादमा पर्न थालेका छन्।
सरकारले हालै डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएर पाण्डेले पदभारसमेत ग्रहण गरिसकेका छन्।
पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ताराप्रसाद जोशी निकट मानिन्छन्। स्रोतका अनुसार, जोशीकै सिफारिसमा उनलाई अध्यक्ष नियुक्त गरिएको हो।
मन्त्रालयले लिएको अन्तरवार्तामा २० जना उम्मेदवार सहभागी भए पनि एकपक्षीय रूपमा अध्यक्ष छनोट गरिएको आरोप लागेको छ। अन्तरवार्ताका लागि काठमाडौं आएका उम्मेदवारहरूले खर्च गरेर प्रतिस्पर्धामा सहभागी भए पनि निष्पक्ष छनोट नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
सुशासनको प्रतिबद्धतासहित अघि बढेको सरकारका नियुक्तिहरू नै विवादमा पर्न थालेपछि राजनीतिक पहुँचका आधारमा नियुक्ति गरिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।







प्रतिक्रिया