काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास नपाएमा तत्काल सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्यास अभावको समस्या समाधान गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको जनाएको छ।
ग्यास नपाएमा उपभोक्ताले ९८५१४५५१२४, ९८५१४५५१२८ वा ०१–५९७१९०२ नम्बरमा फोन गर्न सक्नेछन्। उक्त टिमले उपभोक्तालाई ग्यास उपलब्ध गराउन सहजीकरण गर्ने निगमले जनाएको छ।
सम्बन्धित खबर







प्रतिक्रिया