ADVERTISEMENT

दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ।

बैठकले ५८.९ मेगावाटको नार खोला र ४६.७२ मेगावाटको सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको हो। दुवै आयोजनाको कुल अनुमानित लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको छ।

बैठकले ९०० मेगावाटको अरुण–३ आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य तथा माथिल्लो कर्णाली आयोजनाको निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनालाई प्राथमिकता दिने र लगानी प्रस्तावलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार