काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चाडपर्व खर्च नपाउने श्रमिकलाई उजुरी दिन आग्रह गरेको छ।
विभागले सूचना जारी गर्दै श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले वर्षमा एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने जनाएको छ।
ऐनको दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि यस्तो खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
रोजगारदाता वा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएमा सम्बन्धित श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सकिने विभागले जनाएको छ। विभागका अनुसार श्रमिकले वेबसाइट, इमेल वा क्यूआर कोडमार्फत समेत उजुरी दर्ता गर्न सक्नेछन्।
सम्बन्धित खबर







प्रतिक्रिया