ADVERTISEMENT

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सुमनप्रसाद तिवारीविरुद्ध मुद्दा

ताप्लेजुङ । जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार तिवारीले नियुक्तिका क्रममा पेस गरेको भारतको बिहार मध्यवर्ती शिक्षा परिषद्बाट जारी आईए तहको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ।

उक्त प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी पटक–पटक बढुवा भएको तथा सरकारी ओहदा, लाभ र सुविधा लिएको आरोप उनीमाथि लगाइएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तिवारीलाई कैद र जरिवानाको सजाय माग गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार