काठमाडौं । दशैं बिदामा पनि काठमाडौं जिल्ला अदालतले ६ प्रकारका सेवा प्रवाह गर्ने भएको छ। घटस्थापनादेखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि घटस्थापना, फूलपाती र टिकाको दिनबाहेक अन्य दिन सेवा सञ्चालन हुने अदालतले जनाएको छ।
अदालतका अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जी समर्थन तथा अभियुक्तको म्याद थप, कल डिटेल्सको अनुमति, पक्राउ अनुमति, धरौटी रकम बुझिलिने र जरिवाना रकम असुल गर्ने सेवा उपलब्ध हुनेछन्।
सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालतमा उपस्थित भई सेवा लिन सक्नेछन्।
सम्बन्धित खबर







प्रतिक्रिया