काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँदिल्लीमा पुनः प्रदर्शनको तयारी गरिएको छ।
अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला हुन आह्वान गरेकी छन्। यसअघि शुक्रबार पनि विपक्षी दल र वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका थिए।
प्रदर्शनका लागि प्रहरीले अनुमति नदिएको र नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो। प्रहरीले जन्तर–मन्तर पुग्नुअघि नै सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
यसैबीच, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले अक्टोबर १० मा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। पार्टीले यसअघि मुम्बईको शिवाजी पार्कमा पनि ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गरेको थियो।



प्रतिक्रिया