ADVERTISEMENT

सिरहामा ११० किलो गाँजासहित तीन जना पक्राउ


काठमाडौं । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका अनुसार १५ जनाको टोलीले ६ वटा बोरामा राखिएको गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का मिश्रीलाल सदाय र मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का श्यामसुन्दर यादव छन्।

उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार