ADVERTISEMENT

नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु


काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा खसेको हो । बसमा चालकसहित १८ जना सवार रहेकोमा ५ जनाको मृत्यु भएको र ११ जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । अन्य घाइतेको डण्डामा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार