काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले आज बिहान ६ः४५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका छन्।
रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। बेंसीसहर–खाङ्सार सडकखण्ड पनि बाढीका कारण बन्द रहेको प्रहरीले जनाएको छ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा–२ बैसरी र अन्नपूर्ण–३ सुकेबगरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार–६ घुमाउरीघाट र बौदीकाली–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। ती सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
यस्तै, हुम्लाको सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा–४ यालबाङ र सिमकोट–७ ठाडोढुङ्गामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया