सरकारको शैलीले आतंक बढायो : निश्कल राई


काठमाडौं  ।  नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सुरक्षाघेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार निरंकुश बन्दै गएको, प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउने प्रयास भइरहेको र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगिरहेको बताए। मुगुका गणेश नेपालीको घटना, सुकुम्बासी होल्डिङ सेन्टर र गाडी तेर्स्याउने प्रकरणबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।

साथै, प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि उनले आलोचना गरेका छन्।

२०८३ असार ३०, मंगलवार १२:४१ प्रकाशित
ट्रेन्डिङ समाचार