काठमाडौँ । रामप्रसाद भण्डारी उमेर हदका कारण अवकाश भएपछि निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको छ। आयोगमा हाल दुई जना आयुक्त मात्र कार्यरत छन्।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया पनि सुरु भएको छ।
२०८३ असार २७, शनिबार १४:३१ प्रकाशित



