गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन


काठमाडौं । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न सरकारले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको बैठकमा बोल्दै घटनाबारे जानकारी दिँदै छानबिन समिति गठन गरिएको बताएका हुन्।

उनका अनुसार घटनाको अनुसन्धान तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। समितिले घटनाको कारण र जिम्मेवार पक्षबारे अध्ययन गर्ने बताइएको छ।

२०८३ असार २६, शुक्रबार १६:०८ प्रकाशित
ट्रेन्डिङ समाचार