सिंहदरबार पसेपछि जनता जलाउन थालेको आरोप


काठमाडौं । राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले सरकारमाथि जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै उनले मुगुका गणेश नेपालीको आत्मदाह घटनालाई उल्लेख गर्दै सिंहदरबार जलाउनेहरू नै सिंहदरबार पुगेपछि जनता जल्ने अवस्था आएको टिप्पणी गरे।

पोर्तेलले जरिबाना तिर्न नसकेपछि प्रहरीले कमाउने साधन मोटरसाइकल उठाएर लगेका कारण नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको दाबी गरे। उनले घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे।

उनले उद्धारका क्रममा प्रहरीले घाइतेलाई गरेको व्यवहारप्रति पनि आपत्ति जनाउँदै त्यसलाई हृदयविदारक घटना भएको बताए।

२०८३ असार २६, शुक्रबार १५:५९ प्रकाशित
ट्रेन्डिङ समाचार