काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रमाणीकरण गरिएको हो। राष्ट्रपति कार्यालयले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।