काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको विषय प्रतिनिधिसभामा उठेको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै राहदानी सेवामा देखिएका समस्याबारे प्रश्न उठाएका छन्।
उनले संसद्मा सरकारलाई प्रश्न गर्दै भने, “कति जना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो?”
दुलालले घाइते गणेश नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहदानी सेवा सहज र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
२०८३ असार २५, बिहीबार १५:५३ प्रकाशित



