काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट पेस गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट अध्ययनका लागि राखिएको छ। कांग्रेसले प्रतिनिधिसभा नियमावलीमा रहेको संविधान संशोधन तथा विशेषाधिकारसम्बन्धी व्यवस्था गैरसंवैधानिक भएको दाबी गरेको छ।
त्यस्तै, नियमावलीको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन गर्ने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ।
प्रतिनिधिसभाले गत जेठ २१ गते उक्त नियमावली पारित गरेको थियो।
२०८३ असार २५, बिहीबार १५:४५ प्रकाशित



