नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित नेताहरू एमाले प्रवेश
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।
बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहित पार्टी प्रवेश गर्ने नेताहरूलाई स्वागत गरेका हुन्।
एमाले प्रवेश गर्नेमा डीबी कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेता रहेका छन्।