स्वास्थ्य बीमा बन्दप्रति सांसद मल्लको आपत्ति


काठमाडौँ  ।  प्रतिपक्षी दल नेकपाका सांसद रमेश मल्लले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको र विशेषज्ञ चिकित्सकको अभावका कारण सर्वसाधारण उपचारबाट वञ्चित भइरहेको बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा सञ्चालन गर्न नसकिने अभिव्यक्ति दिएको उल्लेख गर्दै मल्लले निःशुल्क स्वास्थ्य उपचारको प्रतिबद्धता गरेको सरकारले यस्तो धारणा राख्नु दुःखद भएको बताए। उनले सल्यानसहित कर्णालीका जिल्ला अस्पतालमा स्वास्थ्य बीमा सेवा तत्काल पुनः सञ्चालन गर्न, विशेषज्ञ चिकित्सक खटाउन तथा स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सरकारले गम्भीर पहल गर्न माग गरे।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार