प्रतिनिधिसभा आज बस्दै, वार्षिक प्रतिवेदन र विभिन्न विधेयकमाथि छलफल हुने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन पेस गरिने कार्यसूची छ।
यस्तै, राष्ट्रिय सेवा दल विधेयक, २०८३, नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ तथा पर्यटन विधेयक, २०८२ माथि प्रस्ताव प्रस्तुत गर्दै दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ।