वाम एकता र सहकार्य ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुन सक्छ : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शक्तिहरूबीच तत्काल सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सहकार्यमा ढिलाइ भए देशमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

एमालेका दिवंगत महासचिव मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार देशभित्र र बाह्य शक्तिबाट वामपन्थी शक्तिहरूलाई विभाजित गर्ने प्रयास भइरहेको छ।

प्रचण्डले भारतको उदाहरण दिँदै त्यहाँ कम्युनिष्ट आन्दोलन कमजोर बनाइएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रयास भइरहेको बताए। उनले यस्तो अवस्थालाई रोक्न वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्नेमा जोड दिए।

तर उनले तत्काल पार्टी एकताको कुरा नभई संसद, सडक र चुनावी मोर्चामा सहकार्य गर्न सकिने स्पष्ट पारे। सहकार्य जति ढिला हुन्छ, त्यति नै जोखिम बढ्ने उनको भनाइ थियो।

२०८३ असार १४, आईतवार १६:१३ प्रकाशित
ट्रेन्डिङ समाचार