काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन आज गाउँपालिकाको सभाहलमा सुरु भएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरको सभाध्यक्षतामा सम्पन्न पहिलो बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
बैठकमा उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ले आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय अनुमान (बजेट), विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभासमक्ष पेश गर्नुभयो। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ८० करोड ६८ लाख ८१ हजार ६६० बराबरको बजेट प्रस्तुत गरेको छ।
प्रस्तुत नीति, कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरूमाथि गाउँसभा सदस्यहरूबीच आवश्यक छलफल गरी आगामी बैठकबाट पारित गरिने गाउँपालिकाले जनाएको छ।
२०८३ असार १०, बुधबार १७:१९ प्रकाशित











