एमालेका दुई महत्वपूर्ण बैठक आज


काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक आयोजना गर्ने भएको छ। पार्टीका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

त्यसपछि साँझ ६ बजे सचिवालय बैठक अध्यक्ष K. P. Sharma Oli को गुन्डुस्थित निवासमा बस्नेछ। बैठकहरूमा समसामयिक राजनीतिक अवस्था, संसद्को गतिविधि तथा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ।

२०८३ असार ९, मंगलवार ११:४१ प्रकाशित
ट्रेन्डिङ समाचार