रास्वपा महाधिवेशनमा रवि लामिछानेको आह्वान : “देश रास्वपाको हातमा सुरक्षित छ”


काठमाडौं । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक सभापति रवि लामिछानेले देश परिवर्तनका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले रास्वपा प्रतिशोध र दम्भको राजनीति भन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै “देश रास्वपाको हातमा सुरक्षित छ” भन्ने विश्वास व्यक्त गरे।

लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति हुन नदिन नेता तथा कार्यकर्तालाई सचेत गराउँदै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नागरिक अधिकारका उपलब्धिको संरक्षण गर्ने प्रतिबद्धता जनाए।

उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्ना आन्तरिक समस्या समाधान गर्न सुझाव दिँदै राष्ट्रिय राजनीतिमा सबै दल सही बाटोमा हिँड्नुपर्ने धारणा राखे। सम्बोधनका क्रममा उनले आफ्नो परिवार, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकप्रति आभार व्यक्त गर्दै महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे। अन्त्यमा उनले “जय देश, जय घण्टी” भन्दै आफ्नो सम्बोधन टुंग्याए।

२०८३ असार ७, आईतवार १९:०५ प्रकाशित
ट्रेन्डिङ समाचार