‘थिति बसाउने कदम संविधानभित्रै हुनुपर्छ’ : वर्षमान पुन


काठमाडौं ।  चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपाका नेता वर्षमान पुन ले थिति बसाउने नाममा चालिने सबै कदम विधिसम्मत र संविधानको परिधिभित्र हुनुपर्ने सुझाव दिएका छन्।

उनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको उल्लेख गर्दै पद्धतिभन्दा बाहिर जान नहुनेमा सचेत गराए। रास्वपा र नेकपाबीच पृष्ठभूमि फरक भए पनि सुशासन र समाज रूपान्तरणका एजेन्डामा धेरै समानता रहेको बताउँदै आवश्यक विषयमा सहकार्य गर्न तयार रहेको उनले बताए।

सम्बोधनका क्रममा पुनले महाधिवेशनबाट रास्वपाले गणतन्त्रबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। साथै, नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिताले सकारात्मक उत्साह थपेको उल्लेख गर्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्।

२०८३ असार ७, आईतवार १९:०० प्रकाशित
ट्रेन्डिङ समाचार