काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ट नेता बालेन्द्र शाह (बालेन) ले पार्टीलाई गुट–उपगुटबाट जोगाएर एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
उनले सरकारलाई ‘एक्सप्रेस–वेमा गुडिरहेको गाडी’ को संज्ञा दिँदै गन्तव्यमा नपुग्दासम्म ब्रेक लगाउन आवश्यक नरहेको बताए। पार्टी कुनै वाम, दक्षिण वा केन्द्रवादी विचारमा सीमित नभई विकास र काममा केन्द्रित रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री तथा रास्वपाका वरिष्ट नेता बालेन्द्र शाह (बालेन) ले सुशासन, सुकुमबासी तथा सहकारी समस्या समाधानलाई वर्तमान सरकारका प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै आगामी चुनावमा नयाँ एजेन्डासहित जनतामाझ जाने बताए। उनले पार्टीभित्र समूहबन्दी नगर्न आग्रह गर्दै पुराना दलका कमजोरीबाट पाठ सिक्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री तथा रास्वपाका वरिष्ट नेता बालेन्द्र शाह (बालेन) ले सीमा र राष्ट्रियताको विषयमा पनि स्पष्ट धारणा राख्दै उनले कालापानी र लिपुलेक नेपालको भूमि भएको दाबी दोहोर्याए तथा प्रमाणका आधारमा कूटनीतिक रूपमा समस्या समाधान गरिने बताए।
सम्बोधनको अन्त्यमा उनले महाधिवेशनका प्रतिनिधिलाई पार्टीको एकता बलियो बनाउन र आगामी पाँच वर्ष देश विकासमा केन्द्रित हुन आग्रह गरे।

