प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन साम्पाङको पुनः माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद  (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्ति सच्याउन पुनः माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे जवाफ माग गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि सरकार मौन रहेको गुनासो गरे। साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको विवादास्पद भनाइ सच्याउन र अभिलेखबाट हटाउन आफूले पटक–पटक आग्रह गरेको बताए।

उनले सरकार र संसद् दुवैले उठाइएका विषयमा बेवास्ता गरेको भन्दै जिम्मेवारीबोध, नैतिकता र जवाफदेहिताको आवश्यकता औंल्याए।

२०८३ असार ५, शुक्रबार १२:३१ प्रकाशित
ट्रेन्डिङ समाचार