चन्दा बटुल्न थालेकै हो रास्वपा ?अब चन्दामा सिमित भयो रास्वपा ?
महाधिवेशनका लागि ठेकेदारसँग सहयोग मागेको पत्र सार्वजनिक
काठमाडौँ । कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताले महाधिवेशन तथा प्रदेश अधिवेशनका लागि आर्थिक सहयोग माग्दै निर्माण व्यवसायीसँग रकम मागेको पत्र सार्वजनिक भएको छ। कृष्णपुर नगरपालिका–१ का वडा सभापतिले जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रुपैयाँ सहयोग गर्न अनुरोध गरेको पत्र बाहिरिएको हो।
जेठ २७ गतेको उक्त पत्रमा असार १ गतेदेखि हुने प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ। पत्र सार्वजनिक भएपछि विगतमा अन्य दलमाथि चन्दा संकलनको आरोप लगाउँदै आएको रास्वपा स्वयंले पनि व्यवसायीसँग रकम मागेको भन्दै आलोचना भएको छ। साथै, निर्माण कार्य ढिलाइ गर्ने ठेकेदारप्रति कडा अभिव्यक्ति दिने पार्टीसँग सम्बद्ध व्यक्तिहरूले अहिले तिनै व्यवसायीसँग सहयोग माग्नुले प्रश्न उठाएको छ।